असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेस महाधिवेशनः इलामको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मंगलबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा इलाको क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन शेरबहादुर देउवा इतर समूह बलियो देखिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित हुने २६ महाधिवेशन प्रतिनिधिमध्ये पार्टी सभापति निकट दुई समूहबाट १० जना र सभापति इतर समूहको दुई समूहबाट समूहबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

इलाममा संस्थापन देउवा पक्षबाट पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्काले फरक-फरक प्यानल बनाएर चुनावी मैदान उत्रिएका थिए । संस्थान इतर समूहका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र भेषराज आचार्यले समेत फरक-फरक प्यानल बनाएका थिए ।

खुलातर्फ १० जनाको कोटामा २६ जनाको उम्मेदवारी थियो । त्यसमध्ये डम्बर खड्का (४४९), तोयानाथ भट्टराई(३६९), बेनुपराज प्रसाईं (३६०), उद्धव पौडेल (२९९), हिमाल मास्के(२९७), प्रेमलाल राई (२५८), देवेन्द्रकुमार राई(२४९), भूपेन्द्र कट्टेल (२४२), श्यामप्रसाद खड्गी (२४२), हरिप्रसाद लुइँटेल (२४२) निर्वाचित भएका छन् ।

महिला खुलातर्फ हरिकला श्रेष्ठ (३७८), खगेश्वरी पौडेल (३०३), उत्तमलता श्रेष्ठ (२६८), कोमला (कमला) कट्टेल (२४७) ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

यस्तै, खसआर्यतर्फ सञ्जीव ढकाल(२४७), दुर्गा सुबेदी (१९२) मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।  खस आर्य महिलातर्फ देउकुमारी कट्टेल (२१२) विजयी बनेकी छन् । आदिवासी जनजाति खुलातर्फ ध्रुव राई(२९७), जंगबहादुर गुरुङ (२७८), सन्तोष गुरुङ (२६४) र धनबहादुर आले (२०३) जीत हासिल गरेका छन् ।

आदिवासी जनजाति महिलातर्फ चन्द्रकला राई (३६७), मेनुका प्रधान (३०९), प्रवीना राई (२६६) मत ल्याएर विजयी भएका छन् । दलिततर्फबाट जीवन नेपाली (३०३) मत ल्याएर विजयी भएका छन् भने अल्पसंख्यक अपांग/मधेसी कोटाबाट टीकाराम सुब्बा (लेप्चा) ३०८ मत प्राप्त गरेर विजयी भएका छन् ।  -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार