श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेस महाधिवेशन देउवा पक्ष बलियो देखिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्ररम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् । देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् ।

मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ । पाल्पामा भने अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापनइतर पक्षका निर्वाचित भएको बताइन्छ ।कांग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन् ।

क्षेत्रीय अधिवेशनबाट महधिवेशन प्रतिनिधिको नतिजा आउन थालेसँगै केन्द्रीय नेतृत्व दावी गरिरहेका नेताहरू मंसिर २४ देखि २६ गतेसम्म हुने १४औं महाधिवेशनका लागि टिमसहित नेतृत्व दावी गर्ने रणनीति बनाउन थालेका छन् ।

संस्थापनइतर पक्षबाट एकमात्र साझा उम्मेदवार बनाउन नसके नेतृत्व पुनः देउवाको हातमा जाने बताउँदै आएका महामन्त्री डा. शशांक कोइराला भन्नुहुन्छ– ‘आसन्न महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिका लागि एकमात्र उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ ।’संस्थापनइतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरालाका साथै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एकले अर्कोलाई स्वीकार्न नसक्दा एकमात्र साझा उम्मेदवार तय हुन सकेको छैन । उपसभापति विमलेन्द्र निधि र अर्का नेता कृष्णप्रसाद सिटौलासमेतले सभापतिको दाबी गरिरहेका बेला देउवाले भने छुट्टै संयन्त्रमार्फत महाधिवेशन प्रतिनिधिको जोडघटाउ गरिरहेका छन् । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार