श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दाइजोसमेत पति महाराजका नाममा हुँदा मुमा बडामहारानी रत्नको बिचल्ली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शाहबंसका लोकप्रिय राजा महेन्द्रकी महारानी यतिवेला औषधी र पानीसमेत प्राप्त गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ भन्दा कतिलाइ विश्वास नलाग्ला ? हो अहिले ९४ वर्षीया मुमाबडामहारानी रत्नः खानेपानीसमेतको अभाव झेलेर बाँचिरहनुभएको छ ।

तात्कालिन श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवसँग विवाह गरी बडामहारानी बन्नुभएकी रत्न राज्यलक्ष्मीदेवी शाहका लागी पति राजा महेन्द्रले मुलुकका विभिन्न ठाँउमा बंगला निर्माण गर्नुभयो । उहाँकै लागी चितवनमा दियालो बंगला र उहाँको नाममा पोखरामा रत्न मन्दिर बने ।  बडामहारानीका नाममा बंगलाहरूको निर्माण भए पनि दस्तावेजमा उहाँको नाम थिएन।

दरबारका महिलाको नाममा सम्पति राख्ने चलन थिएन र राख्नुपर्छ भन्ने मान्यता पनि थिएन । दरबारका महारानी, युवरात्री राजकुमारीहरूको आफ्नै स्वतन्त्र अस्तित्व नहने हुँदा उहाँहरूको नागरिकतासमेत  हुँदैनथ्यो । आफूले व्यवहार गर्नु नपर्ने भएपछि नागरिकताको आवश्यकता नै पर्दैनथ्यो । मुमा बडामहारानी रत्न र रानी ऐश्वर्य, कोमल तथा अधिराजकुमारी दाइजोस्वरूप जग्गा र घरहरू राजाकै नाममा राखियो ।

कुनै बेला जिन्दगीको लडाई असहाय रूपमा एक्लै लड्नु पर्ला भनी कल्पना पनि नगर्नुभएकी मुमा बडामहारानी रत्नको साथमा अहिले सम्पतिको नाममा यो पृथ्वीमा केही पनि छैन । आफ्ना पतिराजा महेन्द्रको पत्नीले भोग चलन गर्न पाउनुपर्ने हो तर पतिको अंश त के आफ्ना बाबुले दिएको दाइजो समेत उहाँसँग छैन । सबै सम्पति राज्यले अधिग्रहण गरेका कारण उहाँले जिन्दगीको उत्तराद्धमा खाली हात हुनुपरेको छ ।

२०६३ सालको परिवर्तनपछि २०६४ सालमा नेपाल ट्रष्टको स्थापना पनि गरी राजा वीरेन्द्र रानी ऐश्वर्य र राजपरिवारको सम्पति नेपाल ट्रस्टको नाममा राखियो  । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार