असार २४, २०८२ मंगलबार July 8, 2025

चितुवाले फेरि लियो अर्का बालकको ज्यान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । तनहुँको आँबुखैरेनीमा चितुवाले फेरि एक बालकको ज्यान लिएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिक रहेको मामा घरबाट फर्कंने फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया