असार २५, २०८२ बुधबार July 9, 2025

गण्डकीमा कांग्रेसका जिल्ला सभापतिदेखि सांसदसम्म पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला संरचनाको अधिवेशनको तयारीमा छ ।

गण्डकीका ३ जिल्लामा यसअघि नै जिल्ला निर्वाचन सकिएको छ । मनाङ, मुस्ताङ र गोरखामा सर्वसम्मत नेतृत्व चयन भयो । बाँकी ८ जिल्लामा अहिले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन करिब सकिने चरणमा छ ।

जिल्लाको नेतृत्व गर्न महाधिवेशन प्रतिनिधि जित्नै पर्ने विधानको व्यवस्था अनुसार उम्मेदवारहरू बढी भए । गण्डकीका केही जिल्लामा अनौठो नतिजा आइहरेको छ । स्याङ्जा र बागलुङमा बहालवाला जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । स्याङ्जाका बहालवाला सांसद पराजित भएका छन् भने कतिपय जिल्लामा पूर्व सांसद र प्रभावशाली नेताले हारेका छन् ।

स्याङ्जाका सभापति कुमार रानाले महाधिवेशन जितेनन् । उनी नयाँ कार्यकालका लागि पनि सभापतिको दाबेदार थिए । प्रतिनिधिसभाका समानुपातिक सांसद मोहन पाण्डे समेत चुनाव जितेनन् ।

बागलुङमा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलको पार्टी राजनीति महाधिवेशन प्रतिनिधि नपुग्दै अड्किएको छ ।

कास्कीबाट पूर्वराष्ट्रिय सभा सदस्य बृन्दादेवी राना पराजित भइन् । जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्कीसमेत महाधिवेशन प्रतिनिधिमै रोकिए । पार्टीभित्रको गुटका कारण प्रभावशाली नेताले पराजय भोग्नुपरेको जिल्लास्थित नेता बताउँछन् ।

गण्डकीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका स्थानीय नेताबीच कडा प्रतिस्पर्धा छ । हालसम्मको नतिजामा पौडेल समूह केही अगाडी छ भने यसअघि कमजोर देउवा गुट यो निर्वाचनमा केही सुधारिएको छ । -न्यूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार