श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।

कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।

महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाले बताए । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।

एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह १० मंसिरमा चितवनको नारायणी नदीको किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदै छ ।

निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ ११ मंसिर बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार