असार २५, २०८२ बुधबार July 9, 2025

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौं : नेता थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निष्कर्ष निकाल्छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार