काठमाण्डौंः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं. २ मा जगत वहादुर तामाङ्गको समुहले कार्यसमितिको सबै पदमा क्लिन स्विप गरेको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधी प्रत्यक्ष महिला ४ पदका लागि भएको निर्बाचन मा गीता अमात्यले ४६७ मत , शान्ति लामा गुरुङले ३९८ मत , सुनमाया तामांगले ३८२ मत र रुकमणि शेढाई ले ३६० मत ल्याई बिजयी भएका छन् ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधी खुला १० पदका लागि भएको निर्बाचनमा चोकराज शाक्य ४३१ मत , जगदिश्वर नरसिह के सी ४२३ मत , धुर्ब प्रसाद अधिकारी ४२४ मत , जयराम दाहाल ३७० मत , धनासिह तामांग ३७२ मत , फैसिंग तामांग ३८३ मत , बद्रि प्रसाद मुडवरी ३६१ मत , राजन श्रेष्ठ ४०२ मत , सिहराज लामा ३६९ मत र हरिकृष्ण श्रेष्ठ ३६१ मत ल्याई बिजयी भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधी खस आर्य महिला २ पदमा सरिता अधिकारी ३९५ मत र पवित्रा पुडासैनी भट्ट ३८० मत ल्याई बिजयी हासिल गरेका छन् भने खस आर्य खुला २ पदमा श्री प्रसाद सापकोटा ३८६ मत र श्यामराज पाण्डे ३८० मत ल्याई बिजयी भएका छन् ।
यसैगरी आदिवासी जनजाति महिला २ पदमा लालिमाया तामांग ४०५ मत र बिन्दा थापा मगर ३९८ मत ल्याई बिजयी भएका छन् भने आदिवासी जनजाति खुला ३ पद तर्फ दिपक लामा ३८५ मत , प्रकाश राइ ३५४ मत र गर बहादुर तामांग ३५१ मत ल्याई बिजयी भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधी दलित १ पदमा ३८६ मत ल्याउदै देव कुमारी बिकले बिजयी हासिल गरेकी छिन भने अपांग वा अल्पसंख्यक तर्फ कृष्णमान घले ३७७ मत ल्याई बिजयी हासिल गरेका छन् ।
२५ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जगदिश्वर नरसिह के सी र प्रकाश राई के सी प्यानलबाट बिजयी भएका हुन भने अन्य २३ जना लामा , महत प्यानलवाट जित निकालेका हुन ।
नुवाकोट जिल्लाबाट ५० केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन भएकोमा महत लामा प्यानल को ४३ जना र के सी प्यानलबाट ७ जना रहेका छन् ।
कस्को कति मतः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया