असार २५, २०८२ बुधबार July 9, 2025

एमाले महाधिवेशनः किशोरचन्द्र दुलालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको १० औं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनले ५ वर्षका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ । महाधिवेशन सुरु हुन लाग्दा पनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्षको उम्मेदवार बन्ने जनाइसकेका छन् । केही दिनअघि मात्र उपाध्यक्ष भीमबहादुर रावलले पनि अध्यक्ष उठ्ने घोषणा गरेका छन् । एमालेले १५ पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय समिति चयन गर्ने छ । २०५४ को स्थानीय तहको निर्वाचनमा तेह्रथुमको जिल्ला विकास समितिको सभापति भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गरेका किशोरचन्द्र दुलालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले यसको लागि सबैसँग सल्लाहसमेत गरिसकेका छन् । साथीभाई र पार्टीको नेता कार्यकर्ताको सुझावअनुसार नै आफू उम्मेदवार बन्न लागेको उनको भनाई छ ।

२०३६ सालमा बहुदलको पक्षमा अभियान चलाएका उनले २०३७ सालमा तत्कालीन नेकपा मालेको पार्टी कार्यालय व्यवस्थित गर्ने काममा पनि सक्रियता देखाए । २०४१ सालमा मदन भण्डारीको उपस्थितिमा भूमिगत रुपले पार्टी विस्तार गर्ने क्रममा अग्रणी मोर्चामा देखिएका उनले झण्डै ५० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए ।

२०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनले पार्टीको केन्द्रीय सदस्य भएपछि संगठन विस्तारसँगै जनतामा एमालेप्रतिको चेतना जगाउने स्पष्ट पारेका छन् । उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।

उनले एमाले जनताको पार्टी भएकाले पछिल्लो दिनमा पार्टीप्रति आकर्षण बढ््दै गरेको बताएका छन् । ‘म पार्टीको राजनीतिमा सधैं सक्रिय छु, राजनीतिलाई मैले गलत ढंगले प्रयोग गरेको छैन’ उनले भने ‘अब नयाँ जिम्मेवारी पाएँ भने मेरो भूमिका थप सशक्त हुन्छ र त्यसले एमालेलाई र जिल्लालाई समेत फाइदा पुग्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार