श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेमा सर्वसम्मत असम्भवः पदाधिकारी र केन्द्रीय सदस्यका लागि ओलीको सूचीमा पर्न नेताहरूको कसरत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दसाैँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्।

पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भैरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्। आकांक्षी बढी भएपछि एमालेले निर्वाचनको तयारी पनि गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आकांक्षीको संख्या धेरै छ। आकांक्षीहरूले खुला उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ गरिरहेका छन्। यही अवस्था देखेर निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउने काम पनि भइरहेको तामाङले बताए। अहिलेसम्म उम्मेदवार हुने सबैको नाम र फोटो राख्ने व्यवस्था गरिएको छ। पदाधिकारीमा सर्वसम्मत हुन सक्ने नदेखेपछि प्रतिनिधिहरूको आकर्षण केन्द्रीय सदस्यतर्फ बढेको हो।

प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन भित्रभित्रै लबिङ तीव्र पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा निर्वाचन भए चिट वितरण हुने भनेपछि नेताहरूले उनको सूचीमा पर्न कसरत गरिरहेका छन्। ‘आकांक्षी धेरैजसो नेताले पार्टी अध्यक्ष र उहाँको समूहमा पर्न लबिङ गरिरहेका छन्’,एमालेका एक नेताले भने।

काठमाडौंमा केही दिनदेखि अध्यक्ष ओलीनिवास र पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेताहरूलाई भेटेर आकांक्षीहरूले आन्तरिक लबिङ जारी राखेका थिए। चितवन आएपछि पनि उनीहरूले लबिङ जारी राख्दै ओली निकट नेताहरूसँग छलफल गरिरहेका छन्।

महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म चल्नेछ। महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकांक्षा राखेका छन्। एमालेमा अहिले एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ। संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ। यसमा १५ जना पदाधिकारी पनि पर्छन्। हालको केन्द्रीय कमिटीमा रहेका मध्ये तीन दर्जनजति नेता पदाधिकारीका आकांक्षी छन्।अनुहार दसौं महाधिवेशनमा पनि उम्मेदवार बन्ने सम्भावना छ।

यसअघिको महाधिवेशनमा असफल भएका नेताहरूले पनि यसपटक आकांक्षा जाहेर गरेका छन्। प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू,केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेछन्।

महाधिवेशनबाट दुई तिहाइ अर्थात् एक सय ५० पुरुष र एक तिहाइ अर्थात् ७५ महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। उनीहरूमध्ये ६० पुरुष र ३८ महिला खुला क्षेत्रबाट तथा सात प्रदेशबाट २८ पुरुष र १४ महिलासहित ४२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। एमालेमा नौवटा क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अहिलेसम्म बुद्धिकुमार राजभण्डारी, मानवीर राई, रवीन्द्र अधिकारी, विष्णु रिजाल, शिव गुरुङ,डा. दीपक भट्ट, विद्या भट्टराई, पदम गिरी, लालकुमार केसी, राजेन्द्र राई, भूमि त्रिपाठी, विद्यासुन्दर शाक्य, वसन्त नेम्वाङ, जय राई, नवराज सिलवाल, कोमल वली, नारायण सिलवाल, सोभियत ढकाल, प्रभु शाहले केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरेका छन्।

त्यस्तै,भगवती न्यौपाने, नविना लामा, ऐन महर, रश्मी आचार्य, रमेश पौडेल, जनार्दन ढकाल, गगन बिष्ट, राजेन्द्र अर्याल, किशोरविक्रम मल्ल, रत्न गौतम,निर्मला शर्मा,राजीव पहारी, उषाकला राई, सरस्वती बस्नेत, केशव पाण्डे, प्रभा बराल, कल्पना थापा, नारायण खतिवडा, किरण पौडेल र दाबा लामाले पनि आकांक्षा गरेका छन्।

जगन्नाथ थपलिया, रणकुमारी बलमपाकीमगर, ईश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी, शान्ति पाख्रिन, सुरेश नेपाल, सुभास कर्माचार्य, सरिता न्यौपाने, अनन्त पौडेल, कृष्णभक्त पोखरेल, कृष्ण थापा, भीम कार्की, पुण्य पौडेल, विकास लम्साल, कल्पना चापागाईं, भक्त गुरुङ, भीमज्वाला राई, नारायण मरासिनी, सीता सुन्दास, मीन गुरुङ, मोहन रेग्मीले पनि केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। मुक्ति पाठक, नवराज शर्मा, भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, हीरा केसी, डा. सूर्य पाठक, टासी गुरुङ, प्रेम तुलाचन, चन्द्रमोहन गौचन टुकराज सिग्देल, केदार सिग्देल, मायानाथ अधिकारी, जमिन्द्रमान घले, टुका हमाल, धनञ्जय दवाडी, रामशरण बस्नेत, सम्झना देवकोटा, तिलक महत,रोशन गाहामगर, अशोक ब्याञ्जू, तुलसी चौधरी, बलबहादुर सामसोहाङ, विनोद ढकाल, बलराम अधिकारी, शिव सुवेदी, बलबहादुर आचार्य, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, चेतनारायण आचार्य, राधाकृष्ण कँडेल, झपिन्द्र जिसी, मधुकृष्ण पन्त, वसन्ती अधिकारी, रत्न खत्री, सूर्य ढकाल, गोमा आचार्य, सावित्रा अर्याल, नवीन रोका, दधिराम न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्काले पनि ओलीलाई भेटेर आकांक्षा केन्द्रीय सदस्यमा आकांक्षा प्रकट गरेका छन्।

मेनुका काफ्ले, निलम खनाल, तुलसी न्यौपाने, छत्रपति प्याकुरेल, चन्द्रा श्रेष्ठ, नेल्सन शाही, बदनी कुँवारी, कौशिला खत्री, कमला ओली, मोहनमाया ढकाल, नवराज महतरा, ध्रुव शाही, भैरवसुन्दर श्रेष्ठ द्वारिका न्यौपाने, चन्द्र रिजाललगायतले आकांक्षा देखाइसकेका छन्।

महेश बस्नेत, आनन्दप्रसाद पोखरेल, विष्णु रिजाल, गोकुल बाँस्कोटा, नरुलाल चौधरी, राजेन्द्र गौतम,डा. युवराज खतिवडा, रामेश्वर फुँयाल, देवी ज्ञवाली, डोरमणि पौडेललगायतले प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्यमा निर्वाचित हुने तयारी गरेका छन्। बस्नेतले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् भने बाँस्कोटा पनि सचिवकै लाइनमा छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार