श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोखराको अन्नपूर्ण केबलकार परीक्षणको तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ सदस्यीय प्राविधिक टोलीले धमाधम काम गरिरहेको निर्देशक त्रिपाठीले जनाए । उनले भने, “अब हामीले अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेब्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।”

परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले केही दिनपछि लोड परीक्षण गरी छिटै व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्ने उनले जनाए । अत्याधुनिक प्रविधिमा आधारित उपकरण जडान भएकोले पूर्ण सुरक्षित हुने प्राविधिक इन्चार्ज कायस्थले दाबी गरे ।

करिब डेढ वर्षमा निर्माण कार्य सक्ने योजनाका साथ उक्त केबलकारको शिलान्यास गरिए पनि पहिलाको डिजाइनमा स्टेशनसहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले उक्त परियोजना लम्बिएको र लगानी पनि करिब २ अर्ब पुग्ने भएको निर्देशक त्रिपाठीले बताए । २।४ किलोमिटर दूरीमा १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन्। प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिँदै आएको छ भने व्यावसायिक रुपमा केबलकार सञ्चालन भएसँगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिने भएको छ ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफूहरुले विकास गर्न खोजेको त्रिपाठीले बताए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउँदै आएका छन्।

माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने उनले जनाए । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्कः ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको समेत व्यवस्था गरिने निर्देशक त्रिपाठीले जनाए । -कारोबार दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार