असार २५, २०८२ बुधबार July 9, 2025

केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताए ।

राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए ।

एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उनले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताए ।कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उनले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गरे ।

उनले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिए । -न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार