काठमाण्डौंः नेकपा एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् । रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ ।
उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया