काठमाडौँ: एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव,उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी हुने भएको छ ।
एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनावमार्फत नेतृत्व चयन हुने भएको हो। अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्विरोध नहुने भएको छ। अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष र ७ सचिव चयन हुनेछन् ।
सुब्बाका अनुसार प्रदेश-१ र वाग्मती प्रदेशको खुला सदस्य, सम्पर्क समन्वय क्षेत्र, कर्णाली र सुदूरपश्चिमको खुला सदस्य, सुदूरपश्चिमको महिला सदस्य पदमा पनि निर्वाचन हुनेछ ।
यस्तै, आदिवासी जनजनति खुला सदस्य, आदिवासी जनजाति महिला, मधेसी खुला, दलितको खुला, थारुको खुला, महिला खुला, मुस्लिमको खुला र पिछडिएको क्षेत्रको खुला र महिलामा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।
खुला केन्द्रीय सदस्यमा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने एमालेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने केही समय बाँकी छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया