असार २५, २०८२ बुधबार July 9, 2025

यस्तो छ कांग्रेस महाधिवेशनको नयाँ निर्वाचन कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।

यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

जसअनुसार प्रदेश कार्यसमितिको निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते ८ बजेदेखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने, १ बजेसम्म दाबी विरोध र साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ । मंसिर १८ गते विहान ८ बजेबाट मतदाता हुनेछ।

त्यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते १० बजे अन्तिम नामावली प्रकाशित गर्ने, २५ गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने, मंसिर २६ गते १२ बजेसम्म दाबीविरोध उपर निर्णय गर्ने कार्यतालिका छ।

त्यस्तै, मंसिर २६ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गर्ने, ४ बजेसम्म मनोनयन फिर्ता लिने र बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ।

मंसिर २७ गते बिहान ८ बजेबाट केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ।

प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १६ गते नै हुनेछ। त्यस्तै, केन्द्रीय महाधिवेशनको उद्घाटन पनि मं‌सिर २४ गते नै हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार