असार २६, २०८२ बिहिबार July 10, 2025

एल.एल.वि. तेस्रो वर्षको नियमित परीक्षाको लागी आवेदन फारम खुल्यो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले ३ वर्षे (स्नातक तह) एल.एल.वि. तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय ,बल्खुले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो

वर्ष २०७७ को नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०८ गते देखि पौष ०७ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०८ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् ।

साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ ।

साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ । ’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया