श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रचण्डसँग तत्काल पार्टी एकता असम्भव : नेत्र विक्रम चन्द विप्लव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकता सम्भव नभएको बताएका छन् ।

जिल्ला सदरमुकाम बेनीमा बेनीमा मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै महासचिव विप्लवले बाहिर हल्ला चलाइएजस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।

‘बाहिर हल्ला चलेको छ- प्रचण्ड र विप्लवबीच एकता हुँदैछ भनेर’, उनले भने, ‘एकता र सहकार्यका लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुपर्छ ।’ स्मरणीय छ, महासचिव विप्लवले यसअघि नै नेकपाको कार्यदिशा र नेतृत्व स्वीकार गर्ने पार्टीहरूसँग मात्र एकता हुने बताइसकेका छन् ।

उनले थपे, ‘एकता आवश्यक छ तर पदर स्वार्थका लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छौं ।’

सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले आश्चर्य प्रकट गरे । तीनबुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे । अब त गृहमन्त्री बन्ने रे । व्यक्तिगत मिल्यो स्वार्थका लागि तीनबुँदे सहमति भएको होइन ।’

‘म अहिले तपाईंहरूका बीचमा इमानदारीपूर्वक भन्छु- दुईचार करोड रूपैयाँ र सातवटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थका लागि दर्जन बढी विधेयक र अध्यादेश ल्याए पनि हाम्रा कमरेडहरूलाई जेलमा राखेर कानुनको बाधा छ भन्नुभयो ।’

उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरू पनि तीनबुँदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’

उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको र एनसेलविरुद्ध लड्न खोज्दा आफूहरूलाई प्रतिबन्ध लगाइएको प्रस्ट पारेको खबर आजको रातोखबरले छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार