श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पराजित भए छुट्टै पार्टी बनाउने कमल थापाको योजना !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ र पुराना पुस्ताबीचको अन्तिम सङ्घर्ष सुरु भएको छ । वर्तमान संविधान निर्माणका क्रममा सहयोगी भूमिका निर्वाह गरेपछि ओरालो लागेका कमल थापा आफ्नो हैसियत जोगाउन अन्तिम सङ्घर्ष गर्दैछन् भने युवा पुस्ताका प्रभावशाली नेता राजेन्द्र लिड्देन थापालाई चुनौती दिँदै मैदानमा उत्रिएका छन् ।

आज मसिर १५ गतेबाट सुरु हुने महाधिवेशनका लागि दुई नेताका पक्ष- विपक्षबीच व्यापक प्रचारप्रसार सुरु भएको छ राप्रपाका नेता कार्यकताहरू मात्र नभएर कुनै पार्टीमा नभएका सर्वसाधारण र बौद्धिक व्यक्तित्वहरूले समेत यस पटकको महाधिवेशनलाई नजिकबाट हेर्दै विभिन्न आँकलनहरू गरिरहेका छन् । युवा मात्र नभएर विभिन्न उमेर समूहका मानिसहरू राजेन्द्र लिङ्देनको पक्षमा सामाजिक संजालमार्फत अभिव्यक्ति दिइरहेका छन् ।

पार्टीमा रहेका पुराना नेताहरू मध्ये धेरैले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् भने निरन्जन थापा, बुद्धिमान तामाङ, राजीव पराजुलीलगायतका केही नेताहरू कमल थापाको पक्षमा देखिएका छन् । डा. प्रकाशचन्द्र लोहनी, राजाराम श्रेष्ठ, मोहन श्रेष्ठ, हेमजङ गुरुङ, श्यामबहादुर खड्का,रवीन्द्रप्रताप शाह, दिलनाथ गिरी, मुकुन्दश्याम गिरी, वसन्तकुमार बस्नेत, रामकुमार सुब्बालगायतले राजेन्द्र लिङदेनलाई समर्थन गरेका छन् ।

राप्रपामा अहिले अध्यक्षका उम्मेद्वारहरूले भन्दा समर्थकहरूले जित र हारलाई सम्मानको विषय बनाएको देखिएको छ । ‘कमल थापा व्यक्ति हुन् भने राजेन्द्र लिङ्देन विचार हुन्’ भनी अमरसिंह पुरुषले ट्वीटरमा लेखेको नारालाई व्यापक बनाइएको छ ।

राप्रपाको राजनीतिमा कहिल्यै नभएकाहरूले कमल थापाको उम्मेद्वारीलाई लिएर ब्यङ्ग्य गरेका छन् । प्राप्त जानकारी अनुसार राप्रपा अध्यक्ष कमल थापाले आफूले चुनाव हारेमा छुट्टै पार्टी बनाउने सोच बनाउनुभएको छ ।

आफूभन्दा जुनियर राजेन्द्र लिङ्देनको नेतृत्व स्वीकार गर्नुभन्दा आफैले अर्को पार्टी खोल्नु ठिक भन्ने निष्कर्षमा पुग्नलाई समय लाग्ने देखिदैन । यसैबीच थापा र लिङ्देन दुवैले राजा ज्ञानेन्द्रको समर्थन चाहेको बुझिएको छ । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार