असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेस रसुवा सभापतिमा पुनः पेम्बाछिरिङ तामाङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन् । उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन् ।

अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।

प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय उपसभापतिमा लाक्पाकामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत भए ।

महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा ‘कुमार’, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टि तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, सशी अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुसाल सर्वसम्मत चयन भएका हुन् ।

प्रदेशसभा ‘क’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा ‘ख’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनीलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मलविक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने,  सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भए पश्चात अधिबेशन रोकिएको थियो । पुन: नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिबेशनको प्रक्रिया अघि बढाइएको थियो । सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका हुन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार