श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन चुनावी मैदानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अध्यक्ष थापाले विगतको निर्वाचनमा प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २ सय २५ निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिँदा राप्रपा कमजोर बनेको स्वीकार गरे । उनले अन्य राजनीतिक दलहरूको आरोहअवरोह पनि देखेको भन्दै राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्नेसमेत दाबी गरे ।

एकता महाधिवेशन भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्ष त्रयमध्येका जबरा र लोहनी भने मैदान बाहिरै रहने निर्णयमा पुगेका छन् । राप्रपाले नयाँ नेतृत्व चयन गर्न आजै प्रक्रिया सुरु गर्दै छ ।

राप्रपा महाधिवेशनमा ४५ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । राप्रपाले यसपटक सिधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व चुन्न लागेको हो ।

राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।

निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार