असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।

प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ । रासस

यस्तो छ कांग्रेसले सार्वजनिक गरेको पछिल्लो निर्वाचन कार्यतालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया