श्रावण २, २०८२ शुक्रबार July 18, 2025

केपीले नमान्दा संविधान संशोधन भएनः दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले नमान्दा संविधान संशोधन हुन नसकेको बताएका छन्। ‘तपाईंहरूलाई थाहा छ, एमालेको केपी गुट जनजातिको विरोधी छ,दलित, महिला, मुस्लिमहरूको हक,अधिकार र पहिचानको विरोधी छ,उसैको कारणले संविधान संशोधन नै भएन’, बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै दाहालले भने।

उनले मधेसी जनता, दलित, जनजातिको हकहितको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राख्दा ‘एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको’ उल्लेख गरे। दाहालले एमाले जनजाति, दलित,महिला र मुस्लिमको हकअधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाए।

दाहालले माओवादीले संघीयता छाड्यो भनेर भ्रम फैलाउने काम भएको समेत बताए। उनले भने, ‘मधेसमा अलि ठूलो भ्रम थियो,के भ्रम दिने कोसिस गरियो भने माओवादीले संघीयता छोड्यो।

जुन माओवादीले संघीयताको निम्ति हजारौंको बलिदान गर्‍यो, त्यसैलाई यस्तो झुटो आरोप लगाएर तथाकथित मधेसवादी पार्टी बनाएर अनि यिनीहरू हुन् मधेसको मुक्ति गर्ने भनेको जस्तो गरी, जो वास्तवमा मधेसी जनताको विरोधी,त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी हुन्, तिनीहरूलाई मधेसको मसिहाजस्तो गरेर प्रस्तुत गर्ने कोसिस भयो।’नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार