श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको नेतृत्वका लागि आज शनिबार मतदान हुँदैछ। प्रदेश राजधानी हेटौँडामा हुने मतदानका लागि प्रदेशभरका २१ सय ३७ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए। मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ।

बानियाँको समूहको उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली,सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै केसी प्यानल समूहबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कन्चनचन्द्र बादे, रामचन्द्र अर्याल(बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे, बीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

त्यस्तै प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी,सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार