असार २५, २०८२ बुधबार July 9, 2025

काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुन निर्वाचित हुनुभएको छ ।

पुनले सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहलाई ८५ मतले पछि पार्दै विजयी हुनुभएको हो । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहको ७६७ मत आएको थियो ।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याएर विजयी हुनुभएको छ । महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित हुनु भएको छ ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना आज बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो ।

सभापति पुनको राजनीतिक यात्रा

वि.सं. २०२७ साल असार ५ गते रोल्पाको राँक गाविस (हालको गंगादेव गाउँपालिका–४) जायचौरमा जन्मनुभएका पुन पहिलो पटक १२ औं महाधिवेशन अन्तरगत २०६७ मा जिल्ला सभापतिमा १३ मतले पराजित हुनुभएको थियो ।

१३ औं महाधिवेशन अन्तरगत २०७२ मा फराकिलो मतान्तरले जिल्ला सभापति जितेका पुन पार्टीमा प्रभाव पार्दै जिल्लामा आफ्नो पकड जमाउन सफल हुनु भएको हो । सोही क्रममा २०७४ मा देउवा नेतृत्वको चुनावी सरकारमा पुन सिँचाई राज्यमन्त्री समेत बन्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया