असार २६, २०८२ बिहिबार July 10, 2025

विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा तीन दिन विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा बिदा दिने भएको छ । विवाहपञ्चमीको अवसरमा नगर क्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरुमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

आइतबार सूचना जारी गर्दे विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गरी नगर भित्रका सामुदायिक, संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाइएको छ । खबर  एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया