असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेस महाधिवेशन : प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिनुभयो ।

प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उहाँले बताउनुभयो । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुननसकेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत पह्लाद गौतमका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनौट हुन सकेको छैन ।

निर्वाचन हुन बाँकी जिल्लाका प्रदेश अधिवेशनमार्फत छनौट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने नेता कार्यकर्ताको माग छ । प्रदेश २ को सभापतिका लागि रौतहटकी कृष्णा यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार