श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् ।

नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् ।

ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् ।

त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए ।

खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् ।

यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् ।

यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ ।

नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार