श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता, पीडारहित तरिकाले एक मिनेटमै मार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो।

कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्।

हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने निर्माताहरुले बताएका छन्। मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने निर्माताहरुको दाबी छ।

स्विजरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ। गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। अन्नपूर्णबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार