असार २१, २०८२ शनिबार July 5, 2025

मनाङ – मछिन्द्रको खेलाडीबीच मैदानमै ग्याङफाइट ६ खेलाडी कारवाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एन्फाको अनुशासन समितिले मनाङविरुद्ध मछिन्द्रको खेल सकिएपछि झडपमा उत्रिएका ६ खेलाडीलाई बिहीबार कारबाही गर्ने निर्णय गरेको छ ।

मनाङका विंगर जगजित श्रेष्ठलाई ५ र दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई ६ खेल तथा रन्जन विष्टलाई २ खेलमा निलम्बन गरिएको उल्लेख गर्दै एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बनको कारबाही गर्‍यो ।

समितिले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँसँगै जगजित र अशोकलाई १०–१० हजार जरिवाना गर्ने निर्णय पनि गर्‍यो । मनाङका किट्स म्यानेजर शिव लामा लिगका बाँकी खेलमा निलम्बन गर्दै १० हजार जरिवानामा परे ।

दशरथ रंगशालामा सोमबार खेल सकिएलगत्तै जगजितले दीपकलाई कुहिनाले प्रहार गरेपछि झगडा सुरु भएको थियो । देवेन्द्रलाई किक प्रहार गरेका अशोकलाई रातो कार्ड देखाइएको थियो । उक्त खेल २–२ मा टुंगिएको थियो । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया