असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा बैठक : महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ ।

बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, विजय खड्का, जमुना थापा, रिता माझी, केदार कोइराला,  दीपक मल्ल लगायतले निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।

नेता बर्तौलाले महाधिवेशनमा निर्मल निबासले हस्तक्षेप गरेकाले समिति गठन गर्न आफूहरुले बैठकमा माग गरेको बताए । तर, अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरुले भने छानबिनको आवश्यकता नभएको बताएका थिए ।

निर्मलनिवासले महाधिवेशनमा हस्तक्षेप गरेका कारण आफू पराजित भएको बताउने पूर्व अध्यक्ष कमल थापा भने बैठकमा सहभागी थिएनन् ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार