असार २४, २०८२ मंगलबार July 8, 2025

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शुक्रबार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालबाट पनि देखिने ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म रहने छ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वीले सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ।

यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिएका छन।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया