असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : नेता रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।

नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।

नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।

चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार