असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस केन्द्रीय सदस्यमा प्रमोदहरी गुराँगाईलाई नै भोट किन ? यस्तो छ कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईंले काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका युवाहरुमा पनि शिक्षित नेताको  गुरागाईंले शनिवार राष्ट्रिय सभा भृकुटिमण्डपमा केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत रहेका गुरागाँईले राजनीतिक अनुभवलाई उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेर आफुले उम्मेदार मनोनयन गरेको बताएका छन्।

नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिड्ने पार्टी भएकोले यस पार्टीले शिक्षा, स्वास्थ्य र नागरिकप्रतिको उत्तरदायित्वलाई  आफ्नो मूल एजेण्डा बनाउनु पर्ने तर्क दिँदै हिड्ने गुराँगाइ पार्टीका हरेक कार्यक्रमहरुमा सहभागी हुन्छन् भने उनी ४० भन्दा बढी जिल्लाहरुमा पार्टीको प्रशिशणका रुपमा प्रशिक्षक भई खटिएका समेत छन्।

स्नातोकत्तर सम्मको उच्च शिक्षा हासिल गरेका गुराँगाईले कांग्रेसको क्रियाशील सदस्यता नुवाकोटबाट लिएका हुन् । १७ वर्ष अघि नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको सदस्य समेत भएका थिए ।

करिब १३ वर्षअघि उनले आफ्नो सदस्यता नुवाकोटबाट काठमाडौंमा सारेका छन् । अहिले उनले आफ्नो राजनीतिको कर्मथलो काठमाडौमा सक्रिय बनाएका छन् । गुरागाईंले नेविसंघको क्षेत्रीय नेतृत्व तथा तीनपटक केन्द्रीय समिति सदस्य र एकपटक उपाध्यक्ष गरी चार कार्यकाल बिताएका थिए ।

उनी लामो समयसम्म नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय भएको अनुभव सुनाउछन् । नेविसंघमा हुँदा उनी तीन पटक पटक केन्द्रीय सदस्य भएका थिए । एक पटक उनी केन्द्रीय उपाध्यक्ष पनि भए । त्यसबेला उनी पटक पटक नेविसंघको कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी पुरा गरेका थिए । गुरागाईं संस्थापनइतर समूहनिकट भएर पनि सबै काँग्रेसी जनको मनमा बस्न सफल भएका छन् । उनको यो पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी भएकोले जित पनि सुनिश्चित भएको दाबी गर्छन् । जे होस् उनलाइ हाम्रो पनि धेरै धेरै शुभकामना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार