असार २४, २०८२ मंगलबार July 8, 2025

विधान संशोधनदेखि कार्यशैली सुधारकाे प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विधान संशोधनदेखि कार्यशैली सुधारकाे प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेकाे नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सभापतिका लागि हुने दाेस्राे चरणकाे मतदानमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिए ।

‘हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार