असार २४, २०८२ मंगलबार July 8, 2025

ओली पक्षकै नेताले गरे बैठक बहिस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् ।

पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयाेजना गर्ने समेत बताएका छन् ।

बैठक बहिस्कार गर्ने नेताहरू सबै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन् । यता, जिल्ला कमिटका अध्यक्ष ऋषिकेस पोख्रेलले भने बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताए । उनले पार्टी जिल्ला अधिवेशन मूल आयोजक कमिटी बनाएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार