असार २४, २०८२ मंगलबार July 8, 2025

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो ।

नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो । नेता पौडेलले आफू र महामन्त्री डा शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताउनुभएको थियो ।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताउनुभएको थियो । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पार्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार