असार २४, २०८२ मंगलबार July 8, 2025

एक हप्तामा पनि टुगिएन माओवादीको प्रदेश १ अधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन । गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो ।

प्रदेश-१मा पहिला आकांक्षी रहेकाहरु बाहिरिए पनि उक्त पदमा दाबी गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन । २७१ सदस्यीय कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि नेतृत्व चयन असहज बनेको हो ।

यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेका छन् तर अन्य नेताहरुले धमाधम अध्यक्ष लगायतमा दाबी गरिरहेका छन् ।

प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेका नेताहरुलाई प्रदेशको नेतृत्व गर्ने बाटो खुलेको हो ।

अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने प्रदेशका नेताहरु बताँउछन् ।

माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङवाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरीएको छ ।  कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् । यसबीचमा उनीहरुले आकांक्षीलाई मिलाउन प्रयत्न गर्ने बुझिएको छ ।

यस्तै उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) प्रतिस्पर्धी छन् ।
सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर) र सुनसरीका आइन्द्रविक्रम बेघाले  दाबी गरेका छन् ।

सह–सचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।

कातिक २५ गते मोरङको विराटचोकमा अधिवेशन सुरु भएको थियो । आकांक्षीहरु धेरै भएपछि पदाधिकारी छान्न समस्या भएको एक नेताले बताए । माओवादीले २७१ जनाको समिति चयन गरीसकेको छ । ११ सय भन्दा बढी प्रतिनिधिबाट २७१ छानेर केन्द्रका नेताहरुले आफ्ना मान्छे राख्न लागि ‘हलो अड्काएर गोरु कुटेको’ एक नेताले आरोप लगाए । यसले पार्टीमा संकट निम्त्याउने उनको भनाइ छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार