असार २४, २०८२ मंगलबार July 8, 2025

३५ खुला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको जारी खुला तर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइराला पक्षका ३५ मध्ये ११ जनाले अग्रता बनाइरहेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित कोइराला पक्षका ११ जना ३५ जनाभित्र रहेका हुन् यद्पी मतगणना जारी रहेको छ ।

शेखर पक्षका उम्मेदवार शशांक कोइराला शीर्ष स्थानमा छन् । उनलाई शेरबहादुर देउवापक्षले पनि आफ्नो उम्मेदवार बनाएको थियो । त्यस्तै शेखरपक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन् ।

यस्तै, डा. रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन् । दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहेका छन् ।

अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, बीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याएका छन् । सिवाकोटी, कोइराला र गौतम शेखरपक्षका हुन् ।

केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार