असार २४, २०८२ मंगलबार July 8, 2025

संघीय लिम्बुवान मञ्चको अध्यक्षमा लिङदेन, पदाधिकारीमा ३४ सदस्यीय चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संघीय लिम्बुवान मञ्च, नेपालको तेस्रो प्रान्तीय अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः कुमार लिङ्देन मिराकलाई सर्वसहमतिमा निर्वाचित गरेको छ । अधिवेशनले ३४ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

गत मंसिर २४ र २५ गते सम्पन्न तेस्रो प्रान्तीय अधिवेशनले सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा ज्ञान बहादुर लिम्बु, चन्द्र खापुङहाङ लिम्बु, अम्बर बहादुर पन्धाक, कृष्ण तुम्बाहाम्फे, आइदेव राई, थाङसाङ लावती, शान्ता योङहाङ, इन्द्रकुमारी लिम्बु –इन्दीरा), विष्णुमाया थापा भट्टराई चयन भएका छन् ।

त्यसैगरी महासचिवमा दिलकुमार लावती, भानु भट्टराई र लक्ष्मी मावो निर्वाचित भएका छन् । महासचिव लावतीले लिम्बुवानको प्रशासन विभाग चलाउने चर्चा चलेको छ । पार्टीको संचार विभागलाई कुसलतापूर्व संचालन गर्दै आएका लावती लिम्बुवानको युवाहरु नेताहरुमा चर्चित छन् ।

समितिका उपमहासचिवहरुमा दिपेन्द्र चेम्जोङ (लावाहाङ), मान बहादुर साँवा, गजेन्द्रमान चोङबाङक्याक, भुपेन्द्रसुन्दर लावती, धनराज सुब्बा, पूर्णकला तेयुङ, प्रेमकुमार लावती रहेका छन् । त्यसैगरी सचिवहरुमा शंकर लिम्बु खेवा, रामचन्द्र थापा मगर, राजु राई, भक्तबहादुर लिम्बु, भिम सुनुवार, मुक्साम लाबुङ, सुनिता केरुङ, मेलिना मादेन (रीता), दिलु लिङ्देन लावती, धनबहादुर पन्धाक, काजीमान ओख्राबो, सन्तोष तुम्बापो र मोहन मावो निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले लिम्बुवान मञ्चको एकसय ५१ सदस्यीय कार्य समिति चयन गरेको छ भने पैतीस सदस्यीय पहिचान समिति गठन गरेको महासचिव लावतीले लिम्बुवान खबरलाई जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार