असार २७, २०८२ शुक्रबार July 11, 2025

महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाै‌ अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन  भएका छन ।

शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट  राधेश्याम  सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र  उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो ।

अधिवेशनले  कोषाध्यक्षमा बिनिता झा, सह-कोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेकाे छ । त्यस्तै  दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरुमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन् ।

महोत्तरी प्याब्सनअन्तर्गतका  जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षक तथा शिक्षिकाले अध्यापन गराउदै आएका छन् । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया