असार १९, २०८२ बिहिबार July 3, 2025

यसरी बनाउनुहोस् आँखामा लगाउने प्राकृतिक गाजलः घरेलु टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गाजलले हाम्रो आँखालाई सुन्दर बनाउँछ, साथै हाम्रो मेकअपलाई पूर्ण रूप पनि दिन्छ। आँखाको आकार सानो होस् वा ठूलो, गाजल लगाउनाले आँखा ठूलो र सुन्दर देखिन्छ। गाजललाई आँखाको मेकअपका लागि मात्र प्रयोग गर्न सकिँदैन तर यसलाई आँखाको समग्र सौन्दर्य बढाउन पनि प्रयोग गर्न सकिन्छ। के तपाईलाई थाहा छ आँखाको सौन्दर्य बढाउनका लागि दैनिक गाजल लगाउनाले आँखालाई धेरै प्रकारका हानी हुन सक्छ ।

वास्तवमा, बजारमा पाइने हरेक मस्कारामा केमिकल भरिपूर्ण हुन्छ, जसका कारण आँखामा एलर्जी हुन्छ र आँखा सुख्खा हुन्छ । यति मात्रै होइन, केमिकल बेस गाजल लगाउनाले आँखा अशक्त रहन्छ र आँखाबाट लगातार पानी बगिरहन्छ । गाजल हरेक दिन लगाउनुभयो भने यसले आँखाको एलर्जी, कोर्नियल अल्सर र आँखामा रङ लगाउन सक्छ । यति मात्र होइन, आँखा भित्र सुन्निने पनि हुनसक्छ ।

यदि तपाई पनि आँखाको सौन्दर्य बढाउन दैनिक गाजल लगाउनु हुन्छ भने घरमै बनाएको गाजल प्रयोग गर्नुहोस् । घरमा बनाइएको गाजल प्राकृतिक हो, जसले आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन् । आउनुहोस् घरमै गाजल बनाउने तरिका जानौं।

घरेलु रसायन मुक्त गाजल बनाउन आवश्यक सामग्री

एउटा थाली, एक ठुलो चम्चा, घिउ, माटोको दियो, बत्ती र सिमी साइजको दुई कचौरा

गाजल कसरी बनाउने

गाजल बनाउन पहिले दियो बाल्ने, त्यसपछि दुवै कचौरालाई छेउमा राखेर थालीमा थोरै घिउ हालेर कचौरा राख्ने ।

यसपछि २० देखि ३० मिनेटसम्म प्लेटमा कालो निस्कनेछ, त्यो कालोलाई बाहिर निकालेर बक्समा राख्नुहोस्।

यस कालोमा एक थोपा नरिवलको तेल हाल्नुहोस् र यसलाई राम्ररी घोल्नुहोस् अब तपाईंको देसी गाजल तयार हुन्छ ।

यो गाजलले तपाईको आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया