असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस प्रदेश २ सभापतिमा देउवा समुहका कृष्ण यादव विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएको छ ।

रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो । बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार