असार २१, २०८२ शनिबार July 5, 2025

थ्री स्टार क्लब फ्रेन्ड्ससँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै अर्को ललितपुरे क्लब फ्रेन्ड्सले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जीत दर्ता गरेको छ।

दशरथ रंगशालामा आइतबार थ्री स्टार फ्रेन्ड्ससँग १-० ले स्तब्ध भयो। लिगमा दोस्रो हार भोगेको थ्री स्टारले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। ६ खेलमा टोलीको खातामा १० अंक छ।

यसअघि टोली त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो। ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सका लागि निर्णायक बन्यो। शीर्षस्थानको मछिन्द्रको ६ खेलबाट १३ अंक छ । १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा रहेको छ। ६ खेलमा फ्रेन्ड्सको ५ अंक पुगेको छ।

आजै हुने अर्को खेल सरस्वती र बीबीसीबीच खेल हुनेछ। सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। लिगको छैटौ चरणको खेल जारी रहँदा सरस्वतीले कुनै अंक जोड्न सकेको छैन। रेलिगेसन क्षेत्र छोड्न सरस्वतीलाई जित आवश्यक छ।

बिबिसी राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा उत्रनेछ। बिबिसीको ६ अंक छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया