असार २४, २०८२ मंगलबार July 8, 2025

एकीकृत शक्तिको काठमाण्डौं र ललितपुर जिल्ला समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकीकृत शक्ति नेपालको राजधानीमा आयोजित उपत्यकास्तरीय भेलाले पार्टीको काठमाडौं र ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ । पौष १० गते काठमाडौं र ललितपुरका पार्टी सहकर्मीहरूको संयुक्त भेलाले समितिहरूको गठन गरेको हो ।

भेलाले काठमाडौं जिल्ला समितिको अध्यक्षमा शान्तिलाल महर्जन (शान्त) तथा ललितपुरको अध्यक्षमा सुजना श्रेष्ठको चयन भएको छ । काठमाडौं समितिको उपाध्यक्षमा सब्जय पुडासैनी, बालकृष्ण श्रेष्ठ र मुदुला शर्मा, सचिवमा उमेश प्रजापति तथा सदस्यहरूमा भगवान कपाली बालमुकुन्द सिंह, आनन्द उड़गोल, अमृतलाल श्रेष्ठ र राजेश रञ्जितलगायत रहेका छन् ।

यस्तै, ललितपुर जिल्ला समितिको उपाध्यक्षमा विन्दु बुढाथोकी बस्नेत र गोपाल सिंह, सचिवमा सुनिन महर्जन, सहसचिवमा अन्जु श्रेष्ठ, कोषाध्यक्षमा अभिनव कुशवाह तथा सदस्यहरूमा दीपेश केसी, जमत श्रेष्ठ, मधु माझी, रेश्मा विष्ट, नमूना थापा, सम्झना धिताल, सरु माझी, कमल नेमकुल, नवीन महर्जन, विमल माझी, श्रवण माझी र सलिना शाही रहेका छन् ।

काठमाडौको नयाँ सडकमा आयोजित भेलाको सभापतित्व उपत्यका संयोजक जुलुमरत्न डङ्गोलले तथा कार्यक्रम सञ्चालन गीता सढाई यादवले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया