असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाली काँग्रेस (वी.पी.) र नेपाल प्रजातान्त्रिक महासंघ बिच पार्टी एकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शुसिलमान शेरचन नेतृत्वको नेपाली काँग्रेस (वी.पी.) र गोविन्द प्रसाद शर्माको अध्यक्षतामा रहेको नेपाल प्रजातान्त्रिक महासंघ बिच पार्टी एकता भएको छ ।

नेपाली काँग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायतका समुह बीच आज पार्टी एकता भएको हो ।

नेपाली काँग्रेस (वी.पी.) पार्टीको कार्यालयमा आयोजित एक कार्याक्रममा नेपाली काँग्रेस (वी.पी.) का सभापति सुशिलमान शेरचन र नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहका तर्फबाट गोविन्द प्रसाद शर्माद्वारा गरिएको ८ बुदे संझौता पत्रमा हस्ताक्षर गरि एकताको घोषणा गरिएको छ ।

सम्झौता पश्चात आज नै दुबै पार्टीबाट संयुक्त जिम्मेवारी पनि प्रदान गरिएको नेपाली काँग्रेस (वी.पी.)का कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मालाई वरिष्ठ उप-सभापति, महासंघका उपाध्यक्ष तथा नेपाली काँग्रेसको राज्य प्रशासन विभागका केन्द्रिय सदस्य भरतराज शर्मालाई उप-सभापति, महासंघका महासचिव भक्तराज भुषाललाई महामन्त्री र महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियारलाई सुदूरपश्चिम प्रदेश संयोजक सहित उप-सभापतिको जिम्मेवारी पनि प्रदान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया