काठमाण्डौंः नेपाली कांग्रेस ओखलढुंगाले ४६औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ । पुस १६ गते बिहीबार ओखलढुंगामा हुने कार्यक्रमलाई प्रभावशाली केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले सम्बोधन गर्ने भएका छन् ।
कार्यक्रममा सहभागी हुन् खतिवडा काठमाडौंबाट ओखलढुंगा पुगिसकेका छन् । कांग्रेसको १४औँ महाविधेशनबाट भारी मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य खतिवडा र प्रदीपकुमार सुनुवारलाई ओखलढुंगा कांग्रेसले सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ।
ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र कार्कीले केन्द्रीय सदस्यद्वय खतिवडा र सुनुवारलाई कांग्रेसले गृहजिल्लामा भव्य स्वागत गर्ने समेत बताएका हुन् ।
खतिवडा कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फ लोकप्रिय मतसहित टप फाइभमा निर्वाचित भएका थिए । नेता सुनुवार अपल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया