काठमाण्डौः चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ विदेशमन्त्रीहरूले वर्षको शुरुमा अफ्रिका भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै उक्त भ्रमण गर्न लागेको बाताइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार बेइजिङमा उक्त घोषणा गर्नुभएको हो। अफ्रिकी भ्रमणपछि वाङले निमन्त्रणामा माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्ने झाओले बताए । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया