असार २४, २०८२ मंगलबार July 8, 2025

दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ‘मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको छ,’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले भने ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया