असार २४, २०८२ मंगलबार July 8, 2025

लिङ्देनले चार नेतालाई कारबाही गरेकोप्रति कमल थापाको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका चार जिल्लास्तरीय नेतामाथि भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै  आपत्ति जनाएका हुन् ।

लिङ्‍लेनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया