असार २४, २०८२ मंगलबार July 8, 2025

एकिकृत समाजवादीकी अर्घाखाँची जिल्ला सह-ईञ्चार्ज लक्ष्मी गौतम काँग्रेसमा प्रवेशः गगन थापाले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी गौतम पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । पाणिनी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी गौतम आज कांग्रेसमा प्रवेश गरेकी हुन् ।

गौतमलाई कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका छन् । तत्कालीन नेकपा एमालेबाट ०७४ सालको स्थानीय निर्वाचनमार्फत गौतम पाणिनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

पछि एमाले फुटेर एकीकृत समाजवादी गठन हुँदा उनी माधव नेपाल समूहसँगै सो पार्टीमा लागेकी थिइन् । उनी एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सह-ईञ्चार्जकाे जिम्मेवारीमा थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया